Banner ad for NADA AUTO SHOW -2026

लघुकथा : खुसी

213
shares

 

ऊ भन्दै थियो, “खोज्न हिडेको, कहाँ पाइन्छ ?”

 

ऊ निराश देखिन्थ्यो,मान्छेहरूको बिचमा पनि एक्लो महसुस गरेको थियो । कुनै अन्तरक्रिया थिएन, सबै गफमा व्यस्त थिए । घरि खित्का छाडेर हाँसेका हुन्थे त घरि मत राखेका हुन्थे । कोहीले पहाडका थातथलोको प्रसङ्ग जोडेका थिए । सबैका विचार अलग अलग छन् । अनुभवले खारिएका, निखारिएका,तिखारिएका, व्यवहारिक छन् । रोचक अनि वास्तविक पनि त्यस्तै ।

 

को भन्दा को के कमको होडबाजी चल्यो ? सबै बेजोड प्रतिभाका धनी रहेका छन् । सुन्नेले पनि बडो आनन्द लिएको देखिन्थ्यो, उत्सुकता थियो, कुतुहलता त्यस्तै । कान ठाडा थिए, टाउको हल्लाएको देखिन्थ्यो । प्रतिक्षालयमा बसेका छन् , गफले माहोल तातेको थियो ।

 

मेरो दिमागमा फुर्यो, मोबाइल निकालेँ, अब भेट होला नहोला, भन्ठानेँ, भिडियो खिचेँ, एक सेल्फी लिएँ । जुम गरेँ, हेरेँ । राम्ररी नियाल्दै थिएँ, “एउटाको अनुहार म्लान देखियो, शिर झुकेको, केही थकित पनि ।“

 

ऊ स्ट्याचु जस्तै देखिन्थ्यो, कुनै हलचल थिएन । नत प्रतिक्रिया नै, हराएको थियो, आफ्नै अन्तर्मनमा ।

 

म समीप गएँ, सोध्ने आँटै आएनँ, एकछिन बसेँ । उसको मुहार हेरेँ, भावना बुझ्ने कोसिस गरेँ । जोडेँ, “विचारहरू तर्कसम्वत छन्, चाखलाग्दा पनि । नयाँनयाँ अनुभव साटफेर भएको छ, होइन त ?“ बातचित गर्न खोजेँ, सुरुवात आफैंले गरेँ

 

ऊ फिस्स हाँस्यो,मौनता साँध्यो । पुन: उहीँ स्थितिमा फर्यो । मलाई छट्पटी भयो, फेरि सोधेँ, “के भयो ? सन्चो भएन ।“

 

उसले टाउको हल्लाउँदै सङ्केत गर्यो, “ठिक छु ।“ पुलुक्क नजर दौडायो

 

“केही त पक्कै भएको छ ? भन्नुहोस् न, के सेवा गरूँ ?”मैले जिज्ञासा राखेँ

 

उसले लामो सास तान्यो ,शरीर तन्कायो, सिधा पार्यो । एक्कासी ! मन्द आवाजमा बोल्यो, “ किन्न पाइन्छ ।“

 

मैले बुझिनँ, हत्तपत्त सोधेँ, “के ?”

 

उसले कुरा फुकायो, मनको बह पोख्यो,जीवनको आरोह अवरोह, उन्नति प्रगति देखे, गरे पनि । धन कमाए, इष्टमित्र बनाए । जति दु:ख परे पनि टसमस भइन, सबै गरे तर, “वास्तविक खुसी पाइनँ, मन थिर छैन, शान्ति भएनँ, किन ?” यथार्थता बतायो

 

उसको तर्क मनन गरेँ,सोचेँ, गहन भएँ । विचारशील भएँ, बोलेँ, “पुतलीले उज्यालो खोज्दै बत्ती नजिक जान्छ, जलेर खरानी हुन्छ, मान्छे पनि खुसी खोज्दाखोज्दै कुनदिन खरानी हुने हो पत्तै छैन ? ठेगान नभएको जिन्दगीको खोजी अनगिन्ती हगि !”मैले अँध्यारो मुख लगाएँ, निस्तेज भएँ

 

 

 

civil hospital
Hams Hospitals