शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

319
shares
Nabil bank

 

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ ।

शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइरहेका छन् । आइतबार भएको एक प्रदर्शनमा सहभागीहरू लाठी र खुकुरीजस्ता धारिला घरेलु हतियार बोकेर सडकमा उत्रिएका थिए ।

बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार प्रदर्शनकारीले प्रहरीको सशस्त्र बख्तरबन्द गाडी (एपीसी) र प्रहरी बिटमा तोडफोड गरेका छन् । उनीहरूले जुलाई स्मारक र हादी स्क्वायरमा राखिएका शिलालेखसमेत क्षति पु¥याएका छन् ।

स्थिति नियन्त्रणमा लिन बंगलादेश सरकारले गोपालगञ्जमा सीमा सुरक्षा बल (बीजीबी) का ६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ । बीजीबीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अपदस्थ प्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि उनको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका गतिविधि बढेको बताइएको छ ।

यसैबीच, बंगलादेशका कानुनमन्त्री एमडी असदुज्जमानले हसिना कानुनी प्रक्रियाअन्तर्गत सुपुर्दगी सन्धिमार्फत मात्रै स्वदेश फर्किन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्धारित समय समाप्त भएपछि ढिलाइ माफी दिएर पुनरावेदन गर्ने कानुनी आधार नरहेको उनको भनाइ छ ।

उनले सन् १९७३ मा शेख मुजिबुर रहमानको शासनकालमा संविधान संशोधन गरी मानवताविरुद्धको अपराधमा अभियुक्त तथा दोषी ठहर भएका व्यक्तिले मौलिक अधिकारको दाबी गर्न नसक्ने व्यवस्था गरिएको पनि उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक अमिनुल इस्लामले भने फैसलाको पूर्णपाठ प्रकाशित भएको ३० दिनभित्र पुनरावेदन गर्न सकिने व्यवस्था रहेको बताएका छन् ।

सन् २०२५ नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२४ जुलाईको जनविद्रोहका क्रममा भएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त मुद्दाको फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो । एएनआई

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x