सशस्त्र प्रहरी परिवार महिला संघमा विधान मिचेर पदाधिकारी फेरबदलदेखि आर्थिक अपारदर्शितासम्म

116
shares
Nabil bank

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीका परिवारका सदस्य आबद्ध सशस्त्र प्रहरी परिवार महिला संघभित्र संस्थागत विधि, विधान र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ । संघको नेतृत्व परिवर्तनसँगै पदाधिकारीलाई मनोमानी ढंगले हटाउने, नयाँ नियुक्ति गर्ने, आर्थिक कारोबारमा पारदर्शिता नअपनाउने र प्रहरी कर्मचारीमाथि विभिन्न नाममा रकम संकलन तथा खरिदका लागि दबाब दिने गरिएको आरोप लागेको हो ।

संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी अध्यक्ष बनेपछि संघभित्रको विवाद थप चुलिएको हो । सशस्त्र प्रहरी बलमा नयाँ महानिरीक्षक नियुक्त भएपछि महिला संघको नेतृत्व परिवर्तन भए पनि पदाधिकारी हेरफेर गर्दा अपनाउनुपर्ने संस्थागत प्रक्रिया भने पालना भएको छैन ।

संघका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । तर कार्यकाल बाँकी रहँदै कोषाध्यक्ष रिना कारञ्जितलाई हटाइएको र उनको ठाउँमा लक्ष्मी श्रेष्ठ पोखरेललाई नियुक्त गरिएको विषय विवादमा परेको छ । त्यस्तै, सहसचिव सुनिता कोइरालालाई पदबाट हटाएर सदस्यमा सीमित गरिएको र उनको स्थानमा मीना थापालाई सहसचिव बनाइएको आरोप छ ।

मीना थापा सवारी शाखाका प्रमुख एसपी विमल डाँगीकी श्रीमती हुन् । यी नियुक्ति तथा पदमुक्तिका निर्णय संघको वार्षिक साधारणसभाबाट अनुमोदन नभई अध्यक्षको इच्छाअनुसार गरिएको आरोप छ । संघको विधान र कार्यविधिअनुसार पदाधिकारी परिवर्तन गर्नुपर्ने प्रक्रिया पालना भएको छैन ।

 

संस्थाको कार्यकाल, पदाधिकारीको नियुक्ति र पदमुक्तिसम्बन्धी निर्णय विधानअनुसार हुनुपर्नेमा साधारणसभा नै नबोलाई पदाधिकारी फेरबदल गरिएको आरोप छ । दुई वर्षे कार्यकाल बाँकी रहँदै कोषाध्यक्ष हटाइनु र नयाँ व्यक्ति नियुक्त गरिनुले आर्थिक व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ । पुरानो कोषाध्यक्षलाई हटाएर नयाँ नियुक्ति गर्नुको उद्देश्य आर्थिक कारोबारलाई आफ्नो नियन्त्रणमा राख्नु रहेको आशंकासमेत व्यक्त गरिएको छ ।

महिला संघका नाममा हुने बैठक तथा कार्यक्रममा रकम संकलन गर्ने गरिएको छ । प्रहरी महानिरीक्षकसँग सम्बन्धित बैठकहरूमा समेत खुत्रुके राखेर सहभागीहरूलाई रकम जम्मा गर्न लगाउने गरिएको छ । प्रत्येक बैठकमा कम्तीमा पाँच सय रुपैयाँ राख्नुपर्ने र एक हजार रुपैयाँभन्दा कम रकम राख्दा अध्यक्षले असन्तुष्टि जनाउने गरेकी छन् । तर यसरी संकलन गरिएको रकमको रसिद दिने, आम्दानी–खर्चको विवरण सार्वजनिक गर्ने नगरिएको एक सदस्यले जानकारी दिइन् । संस्थाको नाममा रकम संकलन गर्दा त्यसको स्पष्ट कानुनी आधार, उद्देश्य र हिसाबकिताब हुनुपर्ने भए पनि त्यसको पारदर्शितामाथि प्रश्न उठाइएको छ ।

संघको भवनको भुइँतलामा क्याप हाउस सञ्चालन गरिएको र त्यसको नाममा व्यक्तिगत कम्पनीमार्फत आर्थिक कारोबार भइरहेको आरोप छ । महिला प्रहरी कर्मचारीलाई साडी परिवर्तन गर्न लगाइएको तथा क्याप हाउसबाट सामग्री खरिद गर्न दबाब दिइएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको मूल उद्देश्य सामाजिक सेवा र परोपकारी गतिविधि हुनुपर्ने हो । तर संस्थाको नाममा व्यावसायिक कारोबार, कर्मचारीमाथि खरिदको दबाब र अपारदर्शी रकम संकलन भइरहेको आरोप लाग्नु राम्रो कुरा होइन ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x