उत्कृष्ट किसानलाई सहकारीद्वारा सम्मान

1.9K
shares

सिन्धुपाल्चोक । जिल्लाकाे सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । साधारण सभाका अवसरमा रञ्जिता चौलागाईलाई उत्कृष्ट किसान घोषणा गर्दै संस्थाले सम्मान गरेको हाे ।

सहकारीले युवा उमेरमा कृषि क्षेत्रमा लागेर आधुनिक खेती गरि आत्मनिर्भर हुँदै आयआर्जन गरेको भन्दै सम्मान गरेको हो । नेपालमा काम गर्न उपयुक्त वातावरण नभएको भन्दै दिन प्रतिदिन युवाहरु विदेशी रहेको अवस्थामा आफ्नै गाउँमा तरकारी खेती गर्दै उत्पादनलाई आम्दानीसँग जोड्ने किसानलाई हौसला स्वरुप सम्मान गरिएको सहकारीका अध्यक्ष शिव प्रसाद चौलागाईले जानकारी दिएका हुन् ।

चौलागाईले ८ रोपनि जग्गामा कागति, एभोकाडो, अकबरे खुसार्नी, गोलभेडाँ, सिमि, काक्रो लगायतको तरकारी खेती गर्दै आएका छन् । तरकारी खेती गरेपनि बजार व्यस्थापन नहुँदा केहि समस्या हुनेगरेको भन्दै बजारको व्यवस्थापन हुने हो भने अझै धेरै तरकारी लगायत अन्य बाली लगाउन सकिने चौलागाईले बताएका छन् ।

civil hospital
Hams Hospitals