पाँचौं बार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७८ पुस १७ शनिवार
2K
shares
shares
काठमाडौं।गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७८ पौष १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा संचालक समितिका अध्यक्ष श्री युवराज भण्डारीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश शेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगाएतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको छ ।
साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा श्री अर्चना प्रधान, श्री शिल्पा प्रधनाङ्ग र श्री निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ ।



























