नयाँ वर्ष २०२१देखि नयाँ ब्रोकर कमिसन लागू गरिने

2K
shares

काठमाडौं । अग्रेजी नयाँ वर्ष (पुष १७ गते) देखि नयाँ ब्रोकर कमिसन लागू हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ । विहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ वर्ष २०२१देखि नयाँ ब्रोकर कमिसन लागू गरिने बताएका हुन ।

हाल ब्रोकर कमिशनको न्यूनतम विन्दु ०.४०देखि ०.६० प्रतिशतसम्म ब्रोकर कम्पनीहरुले लिदै आएका छन् । त्यस्तै, पाँच अर्ब चुक्तापुँजी रहेको नागरिक स्टक डिलर नयाँ स्वरुपमा चाडै आउने बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।

ब्रोकर कमिशन घटाउँदा धेरै विषयमा ख्याल गर्नुपर्ने भएकोले तत्काल ल्याउन नसकिएको हो । ब्रोकर कमिशनको मोडालिटी तयार भइसकेको छ । यो लागू गर्न सीडीएसको प्लेट फर्म प्रयोग गर्नुपर्ने र स्टेक होल्डरले पाउने कमिशनमा समेत पुनरावलोकन गनुपर्ने भएकोले केही समय अड्किएको हो । अंग्रेजी नयाँ वर्षदेखि यो नयाँ ब्रोकर कमिशन लागू हुनेछ ।

 

 

उक्त कार्यक्रममा उनले धितोपत्र बजारको राम्रो विकास भइरहेको बताए । सो अवसरमा ढुंगानाले शेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको बताए । ‘गत आवसम्म ७ देखि ८ प्रतिशत बजार पुँजीकरण हुन्थ्यो यसपाली २५ प्रतिशत पुगेको छ । यसलाई ४० प्रतिशत कटाउनु पर्नेछ,’ उनले भने ।

 

पछिल्ला वर्षमा धितोपत्र बजारको राम्रो विकास भएको छ । गत वर्षसम्म १६ लाख डिम्याट खाता थिए । अहिले २३ लाख पुगेको छ । गत आर्थिक वर्षसम्म २२ हजार अनलाइन प्रयोगकर्ता थिए अहिले त्यो बढेर २ लाख २० हजार पुगेको छ,’ ढुंगानाले भने । रियल सेक्टरका कम्पनीलाई ल्याउनका लागि काम भइरहेको बोर्डले जनाएको छ ।

 

गानीकर्ता बजारमा आक्रमक रुपमा आइरहेका छन् । एकै दिन ९ अर्ब २३ करोड रुपैयाँसम्मको कारोबार भएको छ । बैंक इन्ट्रिगेशन, टीएमएस सुधारका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

civil hospital
Hams Hospitals