उपत्यकामा सोमबारबाट साँझ पसल खोल्न रोक लगाइने
वि.सं.२०७८ वैशाख १९ आइतवार
1.8K
shares
shares
काठमाडौं । निषेधाज्ञा आदेश उल्लंघनका घटना बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञा थप कडा गर्ने भएको छ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।
सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको पनि बताइएको छ।
यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा सोमबारबाट भने बेलुका पसलहरु खोल्न नदिने निर्णय प्रशासनले गरेको हो।




























