ला लिगाकाे उपाधि एथ्लेटिको म्याड्रिडलाई
वि.सं.२०७८ जेठ ९ आइतवार
shares
एजेन्सी। स्पेनिस लिग ला लिगा एथ्लेटिको म्याड्रिडले जितेको छ । गयराति सम्पन्न खेलमा एथ्लेटिकोले भालाडाेलिडमाथि २-१ काे जित निकाल्दै उपधि जितेको हाे ।
एट्लेटिकोको जितमा लुइस स्वारेज र एन्जेल कोर्रियाले एक एक गोल गरे भने भालाडोलिडका लागि ओस्कार प्लानोले एक गोल गरेका हुन् ।
खेलको १८औं मिनटमा मार्काेस डि सौसाको पासमा प्लानोले गोल गर्दै भालाडोलिडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
खेलको ५७औं मिनटमा यानिक कारास्कोको असिस्टमा कोर्रियालो गोलमा एट्लेटिकोले खेल बराबरी गर्याे ।
यसपछि स्वारेजले नै खेलको ६७औं मिनटमा बक्सको सेन्टरबाट सुन्दर गोल गर्दै एट्लेटिकोलाई २-१ काे अग्रता दिलाए । त्यस्तै उक्त गाेल नै निर्णायक बनेपछि यस सिजनको उपाधि जितेको हाे ।
एथ्लेटिकोले पछिल्लोपटक सन् २०१४ मा लालिगाको उपाधि उचालेको थियो । एट्लेटिकोले पहिलोपटक सन् १९३९–४० को सिजनमा लालिगाको उपाधि जितेको थियो । त्यसपछिको सिजनमा पनि एट्लेटिकोले उपाधि आफ्नै घरमा राख्दै दोश्रो पटक उपाधि कब्जा गर्याे ।





























