सिजनकाे अन्तिम खेलमा युभेन्टससंग बोलोग्ना पराजित
आगामी सिजनकाे युइएफए च्याम्पियन्स लिगमा युभेन्टसकाे स्थान सुरक्षित
वि.सं.२०७८ जेठ १० सोमवार
shares
एजेन्सी। इटालियन सिरी ए फुटबलमा यस सिजनकाे अन्तिम खेलमा युभेन्टसले बाेलाेग्नामथि सहज जित निकालेकाे छ।
बाेलाेग्नाकाे घरेलु मैदानमा युभेन्टसले ४-१ काे जित हासिल गर्यो ।त्यस्तै जितसँगै लिगकाे चौंथो स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्यो ।
सिरी ए को अन्तिम खेलमा भने क्रिष्टियानो रोनाल्डो युभेन्ट्सका लागि बेन्चमै रहे । बोलोग्नबिरुद्धको खेलमा रोनाल्डोलाई युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले शुरुवाती ११ मा नै समावेश गरेनन्।

खेलको ६ औं मिनटमा चियासाको गोलबाट युभेन्टसले पहिलो अग्रता बनाएको थियो । २९ औं मिनटमा मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफको निर्धारित समयको अन्तिम मिनटमा रबियोले गोल गरेपछि पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो । त्यसपछि युभेन्टसका मोराटाले ४७ औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-० को अग्रता दिलाएका थिए ।

त्यस्तै ओर्सोलिनीले खेलको ८५ औं मिनटमा बाेलाेग्नाका लागि सान्तोना एक गोल फर्काए ।





























