आराेहीहरु समस्यामा, सगरमाथा आधार शिविरमा भारी हिमपात

2.8K
shares

काठमाडौं ।अत्यधिक हिमपातका कारण सगरमाथा आरोहीहरु समस्यामा परेका छन् । सगरमाथामा आधार शिबिरमा आज बिहानैदेखि भारी हिमपात भइरहेकाले समस्यामा परेकाे आराेहीहरुले बताए ।

 

बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण प्रभावित बनेको थियो । कोही आरोहण गरेर आधार शिबिरमा फर्किएका छन् भने कतिपय आरोही दोश्रो शिविरमै रोकिएका छन् ।

आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए ।

 

केही आरोहीहरु फर्किने क्रममा घाइते भएको उनले बताए । उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि हेलिकप्टर त्यहाँ पुग्न सकिरहेको छैन । हिमपात नरोकिए ठूलो दुर्घटना निम्तिने खतरा बढेर गएको छ ।

यस अघि नै मौसमविदहरुले तीन दिनसम्म लगातार वर्षा र हिमपात हुने बताएका थिए। गृह मन्त्रालयले हिमाल आरोहण तत्काल रोक्न निर्देशन दिएको छ ।

civil hospital
Hams Hospitals