नेपाल र इराकबीच हुने मैत्रीपूर्ण खेलको समय सार्वजनिक
सिंहदरबार न्यूज
वि.सं.२०७८ जेठ १३ बिहीवार
2.3K shares
नेपाल र इराकबीच हुने मैत्रीपूर्ण खेलको समय सार्वजनिक गरिएको छ।
नेपालले खेल्ने इराकबिरुद्धको मैत्रीपूर्ण खेल जेठ १५ (मे २९) तारिखमा नेपाली समय अनुसार राती १० बजेबाट शुरु हुनेछ । नेपाल र इराकबीचको खेल बसरा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।
यसअघि नै नेपाली राष्ट्रिय फुटबल टिम इराक पुगि सकेकाे छ ।