आजपनि माैसममा सुधार नआउने, केहि स्थानमा भारी बर्षाकाे सम्भावना

1.7K
shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएअनुसार बिहीबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

त्यस्तै तराईसहितका केही भेगमा उच्च वेगको हावाहुरी आएको छ । शुक्रबार यी प्रदेशमा भारीदेखि अति भारी वर्षा र उच्च हावाहुरी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन माैसमविद्वहरुले आग्रह गरेका छन् ।

 

हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका उच्च हिमाली भेगमा भारी हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

शनिबार मध्याह्नसम्म हल्का वर्षा र बदलीको अवस्था रहने र त्यसपछि मौसम सुधार हुने जनाइएको छ । पूर्व–मनसुन र चक्रवातको समय भएकाले यस अवधिमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।

civil hospital
Hams Hospitals