लेवान्डोस्कीकाे जर्मन छाेड्ने संकेत

1.1K
shares

एजेन्सी।जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड र यस सिजनको गोल्डेन बुट विजेता रोबर्ट लेवान्डोस्कीले यो समरमा जर्मन क्लब छाड्ने संकेत देखाएका छन्।

लेवान्डोस्कीले बायर्न छाड्ने संकेत गरेपछी इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब बार्सिलोनाले उनलाई टिममा भित्राउन् चासाे देखाएका छन् ।

बायर्नलाई लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जिताएका उनले एकै सिजन बायर्नमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यो सिजन ४१ गोल गर्दै ४७ वर्षअघि अर्थात १९७१–७२ मा गर्ड मुलरले राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए ।

लेवान्डोस्की २०१४ देखि बायर्नमा रहेका छन् । त्यसअघि उनी २०१० देखि २०१४ सम्म अर्काे जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहेका थिए । लेवान्डोस्कीले बायर्नबाट ३२९ खेलमा २९४ गोल गरिसकेका छन् । उनले यो सिजन बायर्नबाट ४० खेलबाट ४८ गोल गरेका छन् ।

civil hospital
Hams Hospitals