आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित रकम भुक्तानी

18.2K
shares
Nabil bank

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित श्री सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट मिति २०७६/०३/३१ मा जीवन बीमा गर्नुभएका बीमितको मिति २०७८/०३/१४ गते उपचारका क्रममा प्रदेश नं. ०३, ललितपुर भैसेपाटि स्थित नेपाल मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो । बीमिलाई नोवेल कोरोना भाईरसको लक्ष्यण देखा परे पश्चात प्रथम पटक मिति २०७८/०२/२२ मा प्रदेश नं. ०१, विराटरनगर स्थित नोवल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.मा उपचार गराईएको र त्यहाँ उपचारको संम्भव नभए पश्चात मिति २०७८/०२/३० गते हेलिकप्टरबाट ललितपुर स्थित नेपाल मेडिसिटी मा ल्याईएको थियो।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिनुभयो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x