सशस्त्र मुख्यालयमा अड्डा जमाएका डीएसपी थापा

29
shares
Nabil bank

 

 

काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भइरहन्छ, आइजीपी फेरिन्छन्, तर संगठनको मुख्यालयस्थित सचिवालयमा भने एकजना डीएसपीको उपस्थिति वर्षौंदेखि कायमै छ। ती हुन् डीएसपी शैलेन्द्र थापा।

 

सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र खनालको कार्यकालदेखि नै मुख्यालयको सचिवालयमा कार्यरत थापा हालका आइजीपी नारायणदत्त पौडेलको कार्यकालमा पनि उत्तिकै प्रभावशाली भूमिकामा छन् ।

 

थापाले अहिले सचिवालयमा काम गर्नुका साथै सहप्रवक्ताको जिम्मेवारीसमेत पाएका छन्। आइजीपी पौडेलले उनलाई विभिन्न खटनपटन तथा जिम्मेवारीमा समेत परिचालन गर्दै आएका छन् ।

 

संगठनमा नेतृत्व परिवर्तनसँगै कर्मचारीको जिम्मेवारी र कार्यक्षेत्रमा पनि फेरबदल हुनु सामान्य प्रशासनिक अभ्यास हो। तर, एउटै अधिकृतले लगातार करिब एक दशकसम्म नेतृत्वको सचिवालयमा प्रभाव कायम राख्नु र हरेक नेतृत्वको विश्वासपात्रका रूपमा रहनुले भने संगठनभित्र प्रश्न उठाएको छ। थापा सचिवालयमा लामो समय टिकिरहनुका पछाडि प्रशासनिक दक्षतामात्र नभई विभिन्न नेतृत्वसँग सम्बन्ध र समन्वय मिलाउने उनको शैली पनि कारण रहेको छ। नेतृत्व परिवर्तन हुँदा पनि आफ्नो स्थान सुरक्षित राख्न सक्ने उनको क्षमताबारे संगठनभित्र चर्चा हुने गरेको छ ।

 

हरेक आइजीपीसँग निकट रहेर काम गर्ने र नेतृत्वको विश्वास जित्ने उनको शैलीलाई कतिपयले संगठनभित्रको प्रभावशाली पहुँचका रूपमा व्याख्या गर्ने गरेका छन्। तर, एउटै अधिकृतलाई लामो समयसम्म एउटै संवेदनशील जिम्मेवारीमा राख्नुको प्रशासनिक औचित्य के हो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

उनी आफैँले आठ वर्षसम्म सचिवालयमा बसेको स्वीकार गरेका छन्। लामो समय एउटै जिम्मेवारी र शक्तिकेन्द्रमा रहँदा उनले बनाएको पहुँच र प्रभाव अहिले पनि कायम रहेको छ ।

 

पछिल्लो पटक असार २० गते ७१ जना डिएसपीको सरुवा भयो । त्यो सरुवामा शैलेन्द्र थापाको नाम थिएन । तर त्यसको १० दिनपछि उनलाई  इलामको पशुपतिनगर भन्सार पठाइयो । जबकि उक्त कार्यालय डिएसपीको लागि राम्रो कमाई हुने ठाउँ हो  ।  सचिवालयमै बसेका कारण आइजीपी पौडेलले पशुपतिनगर भन्सारमा पठाएको समेत पाइएको छ।  हाल पशुपति नगरमै कार्यरत हुँदा पनि आइजीपी पौडेलले थापालाई सहप्रवक्ताको दोहोरो भूमिका समेत दिएका छन्।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x