झिसमिसेमा ६० एसपीको सरुवा (सूचीसहित)
वि.सं.२०८३ मंसिर ९ बुधवार
shares
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० एसपीको सरुवा गरेको छ । मंगलबार राति गरिएको एसपी सरुवामा रुपन्देहीका जनकबहादुर शाही र झापाका बसन्धुरा खड्कालाई चलाइएको छैन । उनीहरुको सरुवा भएको १० महिनामात्रै भएकाले नचलाइएको बताइएको छ ।
डा. मनोजकुमार केसी प्रहरी महानिरीक्षक भएपछि लामो समयदेखि अड्किएको एसपीहरुको सरुवा भएको हो । दानबहादुर कार्की महानिरीक्षक हुँदासम्म एसपीको सरुवा अवरुद्ध भएको थियो ।
महानिरीक्षक केसीले सीआईबीमा आफूसँगै काम गरेका भरत लामालाई धादिङ जिल्ला प्रहरी कार्यालयको एसपीमा सरुवा गरेका छन् । १४ महिनादेखि बाँकेमा कार्यरत एसपी अंगुर जीसी साइबर ब्यूरोमा सरुवा भएका छन् । यसअघि आईजीपीको सचिवालयमा कार्यरत धर्मराज भण्डारीलाई उदयपुर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को एसपीबाट सरुवा भएका यादव ढकाललाई एक बर्ष नपुग्दै कैलालीजस्तो महत्वपूर्ण जिल्लाको इन्चार्जमा पठाइएको छ । जबकि दानबहादुर कार्कीले दुई महिनामै धादिङबाट तानेका एसपी भेषराज रिजाललाई कुनै जिल्ला पनि दिइएको छैन ।

































