बेलायती अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालेक्टिककाे अन्तरिक्ष यात्राको लागि टिकट बिक्री खुल्ला

1.4K
shares

बेलायती अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राको लागि टिकट बिक्री गर्न थालेको छ।

ब्रान्सन स्वयं आफ्नो कम्पनीको रकेटमा चढेर अन्तरिक्षमा पुगेका थिए। उनीसँगै अन्य यात्रुले अन्तरिक्षमा २ देखि ४ मिनेटसम्म शुन्य गुरुत्वाकर्षको महसुस गरेका थिए।

उनीहरु त्यहाँ वजनविहिन भएर हावामा उडेको भिडिओहरु सार्वजनिक भएका थिए। आफ्नो कम्पनीको रकेट सफलतापूर्वक अन्तरिक्षमा पुगेर पृथ्वीमा अवतरण गरेपछि सोही रकेटमा अन्तरिक्ष पर्यटन खुला गर्न ब्रान्सन राजी भएका हुन्।

सीएनएनका अनुसार भर्जिन ग्यालेक्टिकको रकेटमा अन्तरिक्षमा जानको लागि प्रतिव्यक्ति ५ करोड ३६ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ।

अन्तरिक्ष पर्यटनलाई नै मध्यनजर गरेर अर्का अर्बपति जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले पनि काम गरिरहेको छ। ब्रान्सन अन्तरिक्षमा पुगेको ९ दिनपछि नै बेजोस पनि आफ्नै कम्पनीको रकेटमा अन्तरिक्ष पुगेका थिए।

civil hospital
Hams Hospitals