रियालिटी साे कमेडी च्याम्पियनकाे उपाधि भरतमणिलाई
वि.सं.२०७८ असोज ३ आइतवार
shares
चर्चित रियालिटी साे कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर उनले उपाधि जितेका हुन्। जितसँगै उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तै सेकेन्ड रनरअप सन्तोष थापाले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।
भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चामा रहेका थिए।
सोही प्रस्तुतिका करण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।
भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए ।
ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।
सो अवसरमा आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको बताए ।
































