नेप्से साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंककाे बृद्धि
वि.सं.२०७८ असोज ७ बिहीवार
16.7K
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले बृद्धि देखिएको छ । नेप्से २.७० अंकले बढेर दुई हजार ८ सय १९ दशमलब ६६ विन्दुमा पुगेको हो । बुधबार नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ र फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेकाे छ। आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ।
Subscribe
0 Comments
Oldest






























