गायक वसन काफ्लेको ‘नो एमसिसि’ गीतको म्युजिक भिडियो सार्वजानिक
वि.सं.२०७८ असोज ९ शनिवार
shares
काठमाडौं। चर्चित गायक वसन काफ्लेको शब्द र संवादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक–भिडियो सार्वजनिक गरिएको हो ।
गायक वसन काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडीयोमा निर्देशन कमल राईले गरेका छन् । जसमा छायाँकन शिव ढकालको रहेको छ । भिडियोमा एमसिसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ । गीतको भिडियो नेट फर नेपाल यट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठ लगायतको शसक्त अभिनय रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै गीतका गायक तथा मोडल मौसम मधुरले वसन काफ्लेले रचना गरेको यस गीतमा आफुले गाउन पाउदा निकै खुशी लागेको बताए । एमसिसीको विरोध नर्गर्ने कलाकारहरुको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गरे । आफुहरुलाई भने जान मन नलागेको स्पष्ट पारे । उनले नो एमसिसी गीतको गीत पनि गाएका थिए ।
कार्यक्रममा गीतका गायक तथा मोडेल वसन काफ्लेले विभिन्न कारणले देश यतिखेर दुखमा फसेको बताए । पार्टीहरु भन्दा हामी नागरिक हौ भनेर एमसिसी हस्तक्षेपलाई सबै जनतासामु पुर्याउन कोशिश गरेको बताए । जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाई थियो । सम्पुर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए ।
कार्यक्रममा नेपाली जनता पार्टीका नेता एम जिसीले गीत संगित सधै अमर रहने बताए । देश तथा बिदेशमा रहेका सबैलाई झक्झक्याउने गीत संगितले भएको उल्लेख गरे । उनले गीत संगितले जनताको मन–मनमा आवाज पुर्याउने माध्यम भएको जिकिर गरे । नेपाली जनता पार्टीले सरकारलाई एमसिसी पासले नेपालमा घातक हुने भन्दै निवेदन दिएको समेत स्पष्ट पारे ।
हामी नेपाली हाम्रो नेपालका संयोजक तथा अभियन्ता ज्ञानेन्द्र शाहीले कार्यक्रममा बोल्दै संगितले नै मानिसको चेतनाको बृद्धि गर्ने बताए । उनले भने, ‘प्रत्येक आन्दोलनमा गीतले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यस गीतले एमसिसी देशको हितमा छ वा अहितमा छ भन्ने जनतासामु प्रस्ट पार्नेछ ।’ उनले एमसिसी विरुद्ध कहलिएका कलाकारहरु मौन बसेको आरोप लगाउदै देश नै नरहे कला पनि नरहने उल्लेख गरे ।
एमसिसी पारित गरेमा नेपालीहरु घरको ढोकामा आउन पनि नसक्ने अवस्था आउने बताए । एमसिसीका विरुद्ध लड्ने समय आएको भन्दै अब सत्ताको लागि नभई अब राष्ट्रको लागि लड्न पर्ने उनको भनाई थियो ।
































