सुवेदीको नयाँ दशैँ गीत ‘साउदी कतार’ बाेलकाे गीत सार्वजनिक

Ghorahi cement

लोकसर्जक सन्तोष सुवेदीको नयाँ दशैँ गीत ‘साउदी कतार’ बजारमा आएको छ।

भागिरथ चलाउने र आशा बिसीले स्वरबद्ध गरेको गीतमा लय पनि गीतकार सुवेदी स्वयंको छ ।

काठमाडौं डिजिटल स्टुडियोमार्फत बजारमा आएको गीतको संगीत संयोजन माधब भन्दारीले गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन सफल फिल्म्सका पुंके सुरजले गरेका हुन् । निर्देशक स्वयंको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन सुनिल विकले गरेका हुन् ।

दशैँ तिहार आउँदा आफ्नो घर परिवार सम्झिनु अनि साहुको रिनले गर्दा अझै फर्कनु नपाइएको, कोरानाका कारण काम ठप्प भएको, भनेजस्तो कमाइ नभएको लगायत भाव गीतमा देखाइएको छ ।

धेरै नेपालीले विदेशमा पाएको दुःखलाई आफूले गीतमार्फत सन्देश दिन खोजेको सर्जक सुवेदीले बताए।

Nepali patro