बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो

35.4K
shares
Nabil bank

काठमाडौं । सरकारीको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आप्mनो गल्तीलाई ढाकछोप गर्न आमजनताको आँखामा छारो हाल्ने गरी गलत रिर्पोट बनाइरहेको पाइएको छ ।

कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल रि पोलिसिङ गर्दा ४ सय १ क्विन्टल चामल भएकोमा कम्पनीले नयाँ चामलमा मिक्स गरी १९ सय ९० क्विटल चामल सुर्खेत पठाएको थियो ।

गता साता राजधानी दैनिकमा कुहिएको बास्मती चामल बिक्रीका लागि सुर्खेत पठाएको सामाचार प्रकाशित भएपछि अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानबिन थालेपछि सो गल्तीलाई ढाकछोप गर्न कम्पनीले गलत रिर्पाेट बनाएर विभागमा पेस गरेको छ ।

सो गोदामको चामल खानयोग्य नभएको भन्दै १ पुस २०७६ मै खाद्य प्रविधि विभाग, जिल्ला प्रशासन र खाद्य कम्पनी स्वयंको रोहवरमा ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल गोदाममै कुहिएको पुष्टि भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कासमेत गरिसकेको थियो ।

सो चामल खाद्य कम्पनीले रि पोलिसिङ गरी सुर्खेत पठाएको विषयमा खाद्य प्रविधिले कम्पनीलाई स्पष्टीकरण सोधेपछि कम्पनीले आफ्नो बचाउ गर्न गल्ती ढाकछोप गर्न विभागलाई झुटो रिपोर्ट बनाएर पेस गरेको खाद्य कम्पनीको विशेष स्रोतले बताएको छ ।

कम्पनीले कुहिएको चामल रि पोलिसिङ गरी सुर्खेत नपठाएर काठमाडौँमै बिक्री गरिसकेको दाबी गरेको छ । खाद्य व्यापार कम्पनी कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले राजधानीसँग सो बास्मती चामल सुर्खेतमा नभएर काठमाडांैमै बिक्री भइरहेको समेत जानकारी गराएका छन् ।

तर, खाद्य कम्पनी स्रोतले भने सो बास्मती चामल काठमाडौं नभएर सुर्खेत नै पठाएको दाबी गरेको छ । कम्पनीले आमजनताको आँखामा छारो हाल्न सो काम गरी रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहरूको ३१ असार २०७८ को निर्देशनपत्रअनुसार कम्पनीको थापाथलीस्थित कार्यालयले ‘रि पोलिसिङ’ गरेको सो चामल ट्रकबाट १० टनको दरमा सुर्खेत पठाइएको छ । साथै चामल सुर्खेत पठाइएको ट्रकमा फर्कंदा राजपुर बर्दियाबाट काठमाडौंमा गहँुसमेत ल्याएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कम्पनीले ४ सय ८७ क्विन्टल कुहिएको चामल ‘रि पोलिसिङ’ गरी ४ सय १ क्विन्टल चामल बनाएको छ । कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार थापाथलीबाट जोखतौल र ढाला काँटी गराई सुर्खेत पठाएको हो ।

सुर्खेतमा पठाउँदा विभिन्न स्थानमा परिचालन गरी खपत गर्ने काम गरेको स्रोतको दाबी छ । ४ सय १ क्विन्टल चामल करिब २ हजार क्विटल हुने र सो चामल बिक्री हुने सम्भावनका स्थान सुर्खेत र कर्णाली प्रदेशका जिल्ला लागि पठाएको कम्पनी स्रोतले जानकारी गराएको छ । याे समाचार राजधानी दैनिकमा छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x