खड्काले नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने
वि.सं.२०७८ असोज १८ सोमवार
shares
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताएका छन् ।
सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढी–पहिरोले तहस नहस बनाएकाले तातोपानी नाका सुचारु गर्न सके सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुने भन्दै भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले तातोपानी नाका बन्द हुँदा अर्बौं राजश्वमा असर परेको र व्यापारीका साथै धेरै जनताले रोजगारी गुमाएको बताए ।
भेटमा हिमालय व्यापार सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले चिनियाँ पक्षले सहज रुपमा तातोपानी र रसुवा नाका खोल्न नमानेको गुनासो गरेका थिए ।































