गायिका सुस्मिता स्याङ्तानको आवाजमा ‘पराईको आगनी’ बोलको गीत बजारमा

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको आवाजमा ‘पराईको आगनी’ बोलको गीत बजारमा आएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

यो भन्दा अगाडि मेल भर्सन भने गायक सरद तामाङले गाइसकेका छन ।

विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका हुन । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज डङगोलले मिक्सिङ गरेका हुन ।

आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोमा तिर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । आर बि लामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको अभिनय रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro