माैसम अपडेट : हल्का देखि मध्यम बर्षाकाे सम्भावना
वि.सं.२०७८ कात्तिक ७ आइतवार
13.1K
shares
shares
काठमाडौँ। देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

Subscribe
0 Comments
Oldest






























