माैसम अपडेट : आंशिकदेखि सामान्य बदली रहने

11.3K
shares
Nabil bank

देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बाग्मती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा राति हल्का हिमपातको सम्भावना रहेको छ ।

civil hospital
Hams Hospitals