नेपालका लागि फ्रान्सका राजदूतसँग अर्थमन्त्री शर्माकाे शिष्टाचार भेट सम्पन्न
वि.सं.२०७८ कात्तिक ८ सोमवार
17.8K
shares
shares
काठमाडौं, ८ कात्तिक । नेपालका लागि फ्रान्सका राजदूत सय Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ ।
सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गर्नुभयो ।
लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नु हुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत Bourbao लाई आग्रह गर्नुभयो ।
कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुननिर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।
Subscribe
0 Comments
Oldest































