विज्ञापनको बजारमा बिस्तारकाे आवश्यक रहेकाे व्यवसायीहरुकाे भनाई

12.4K
shares
Nabil bank

काठमाडौं । विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजारमा बिस्तारकाे आवश्यक रहेकाे बताएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्नेमा जाेड दिएका हुन् ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने बताए ।

कार्यक्रममा मिडिया अलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र र सरकारले मनाउने विज्ञापन दिवस एउटै हुनुपर्ने बताए । उनले विज्ञापन कुनै चन्दा, दान, दक्षिणा नभएको उल्लेख गर्दै टीआरपी बढी हुनेले पाउने र समानुपातिक रुपमा बाँड्नु नपर्ने बताए ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले स्टेक होल्डरहरुको हक हीत सुरक्षित हुनेगरी विज्ञापन बजार बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोसल मिडियालाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सरकारले ध्यान दिनुपर्ने बताए उनले मिडियाले विज्ञापन पाउन कन्टेन्ट राम्रो हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x