आँशुको व्यापार……..
वि.सं.२०७८ कात्तिक १३ शनिवार
shares
यहाँ आँशुको व्यापार मानवले मानवको नै गरिरहेकाे छ, तलाई केहि गर्छु, भनि आशा देखाई आफ्नो नै गोजि भरि रहेकाे छ ।
हेरिरहेको छ मैले कता तिर आँशुको व्यापार गर्न पाउँछ भनी,
खोजी रहेकाे छ, उसले आँशुको प्याला पिउने दिन दुखी जति, अनगिन्ति त्यस्ता मानिस यहाँ कति छन कति ।
त्यस्ता मानिसको आँशु व्यापार गरि उसले, गर्दछ मस्ती
मैले देखेको छु, यहाँ पत्तीले घाँटि रेटेको,
मैले देखेको छु, यहाँ मानवले मानव बेचेको,
मैले देखेको छु, यहाँ माया हतियार बनाई छुरा हानेको,
मैले देखेको छु यहाँ रामको भेषमा रावणका जस्ता टाउका भएको
मैले देखेको भोगेको र सुनेको छु यहाँ ।
मुखमा राम राम अनि बकलीमा छुरा बोकी हिड्नेहरु ,
मै खाउ मै लाउ भन्ने यिनका यी दुषित सोचहरु ,
आज छ्याप छ्याप्ती छन् यी बजारहरुमा ,
आज छ्याप छ्याप्ती छन् श्रमको उचित मूल्य नहुने यी बजार हरुमा।
यहाँ किसानले उब्जाएको उब्जनिको उचित मूल्य हुदैन् ,
यहाँ एउटी नारीले अर्की नारीको व्यथा बुज्दैन् ।
यहाँ एउटी बलात्कृत नारी शिर उठाइ हिड्न हुदैन् ,
यहाँ आज त ..एउटा मानवले आँसु झारेको देख्नु हुदैन् ।
मोल तोल हुन्छ, त्यहाँ आशुको बिक्री गर्नका लागि
यहाँ कोही पनि छुट्दैन्न , चाहे त्यो किन नै नहोस् बलात्कृत नारी ।
उसकाे मोल अझ बढी यहाँ जसकाे पीडा दर्दनाक हुन्छ ,
यहाँ आँशु बढी खसाल्दा नै आँशु झन छिटो बिक्छ ।
रुन्छ मन थिचिँदा झन रुन मन लाग्छ यहाँ ,
निर्धक्क आँशु खसाली रुने जमना छ र कहाँ ।
जाली जमना तिमी पखाली फालन्
दुषित तिम्रो सोचलाई मानवताले पुरन् ।
अनि हेरन् यो खुल्ला आकाशलाई ,
बुझन् बुद्ध र रामका हरेक ती उपदेशलाई ।
कति आन्नद लाग्छ , तिम्लाई यो खुल्ला संसार रमाउन सिक्दा ,
छुट्टै आनन्द आउँछ तिम्लाई त्यो निदाई पैसाको संसार भन्दा ।
कतिन् जेल तिम्ले आँशुको ब्यापार गर्छौ यहाँ ,
कतिजेल तिमिले आफुमा अहंकार बोकि हिड्छाैँ यहाँ ?
२ बर्ष , ४ बर्ष ,८ बर्ष ,१५ बर्ष ,२० बर्ष, २५ बर्ष -कति बर्ष ?
तिम्लाई थाहा छ नि एक दिन हाम्रो यो शरीर मरेरै जान्छ ,
त्यतिखेर हाम्रो साथ के हुन्छ कै हुदैँन बस हुन्छ त तै तिम्ले लाएको एक जोर कपडा ।
त्यो पनि हुदैँन त्यसैले बाचुन्जेल खुसी , हाँस खेल मिलि जुलि बसन् किन गर्छौ एत्रो लफडा ।
किन गर्छौ आफ्नै दाजु भाई दाजु भाइ बिच झगडा , किन गर्छौ असहाय दिन दु:खीहरुमा अपहेलना , किन गर्छौ अरुको देखि डाहा किन गर्छौ आफ्नोलाई काखा अरुलाई पाखा ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नु नै भएको छ नि ,
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नी खाएको बेला आन्नद मनले ।
अन्त्यमा जादा जाँदै
मानवमा मानवता हराउदै गइ रहेकाे छ है ।
































