तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ
वि.सं.२०७८ कात्तिक १३ शनिवार
19.4K
shares
shares
काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ ।
मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री फूललाई व्यावसायिक रूपमा खेती गर्न थालेपछि सयपत्री फूलमा मुलुक आमनिर्भर हँुदै गएको छ । प्mलोरिकल्चर एसोसिसन नेपालका महासचिव विश्वमणि पोखरेलले मागअनुसार ९० प्रतिशत सयपत्री फूल स्वदेशमै उत्पादन हुने गरेको बताए ।
उनले धेरै फूल नेपालमै उपलब्ध हुने भए पनि स्थानीय बजारको माग धान्न तिहारको समयमा मात्रै १० प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको बताए । राजधानी दैनिकमा समाचार छ ।
Subscribe
0 Comments
Oldest































