गुठी सम्बन्धी कानुन निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्छु – मन्त्री श्रेष्ठ 

1.1K
shares

कार्तिक २७, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताउनु भएको छ ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफmल र अन्तरक्रिया गर्ने त्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै बैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताउनु भयो ।

छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुत्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि नै छलफल गरिसक्नु भएको छ ।

civil hospital
Hams Hospitals