माैसम अपडेट – क्रमिक सुधार देखिदै
वि.सं.२०७८ मंसिर ४ शनिवार
shares
काठमाडौँ । बिहीबार र शुक्रबार मौसममा खराबी आएपनि आज सुधार भएको छ । आकास अब बिस्तारै खुल्न थालेको छ ।
बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।
बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ । आइतबार अझ आकाश खुल्दै जानेछ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य बद्ली भइ सामान्य वर्षाको सम्भावना छ ।
यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा सामान्यदेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ । हिजो यतिबेला काठमाण्डौको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकामा आज ८ डिग्री सेल्सियस मापन गरिएको छ । आकाश खुलेसँगै न्यूनतम तापक्रम घट्न थालेको हो ।































