लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारणसभा गर्ने

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार २२:४८
  • सिंहदरबार न्युज

काठमाडौं । लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत सेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको प्रतिवेदन पारित, चालु आवको लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने छ ।

बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्वन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिएको अख्तियारलाई निरन्तरता दिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २४ गते शुक्रबार बुक क्लोज गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर २३ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।