सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

Ghorahi cement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ ।

बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनसदर अनुसार सिटिजन लाइफमा बीमा गरेका बीमितहरुले प्रतिहजार प्रति वर्ष न्यूनतम २५ रुपैयाँ देखि अधिकतम् ७३ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले आज सार्वजनिक गरेको बोनस दर अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँ देखि अधिकतम् ५५ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउने छन् । त्यस्तै, सावधिक जीवन बीमा पोलिसीहरुमा ४२ रुपैयाँदेखि ७३ रुपैयाँसम्म प्रति हजार प्रतिवर्ष बोनस पाउनेछन् ।

सिटिजन शुभारम्भ योजना बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम् २५ रुपैयाँदेखि ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

बीमा समितिले स्वीकृत गरेको बोनस दर अनुसार सर्वाधिक धेरै पोलिसीले ३५ रुपैयाँदेखि माथि ५० रुपैयाँसम्म बोनसदर पाउने देखिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro