धार्मिकस्थलमा माघ महिनाभरि नित्य पुजा मात्र हुने, यस्तो छ प्रशासनको आदेश

1.5K
shares

काठमाडौं ।काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रमण दर उच्च बन्दै गएपछि काठमाडौ जिल्ला प्रशासन कार्यालयले सवै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले मंगलबार नयाँ आदेश जारी गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको हो । मंगलबारदेखि कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ । यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ ।

civil hospital
Hams Hospitals