कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा “Entrepreneurship Development Program” सफलतापूर्वक सम्पन्न
वि.सं.२०७८ माघ ७ शुक्रवार
shares
कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको Entrepreneurship Development Program सफलतापूर्वक सम्पन्न भएको छ । माघ २ देखि ६ गते सम्म zoom meeting को माध्यमबाट अनलाइन मार्फत सञ्चालन भएको ऊक्त कार्यत्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक महानुभावहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्नर्कुा साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गर्नुभएको छ ।
समापन कार्यक्रममा बैंकका अध्यक्ष्य श्री सुदिप आचार्यज्यूले, यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताउनु भयो । यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उहाँहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन दिनुभयो ।
कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत श्री निरज खनालज्यूले सम्पूर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिनुभयो र उहाँहरुको सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्तगर्नु भएको थियो । यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको थियो ।































