नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा

Ghorahi cement

काठमाडौं।नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गर्ने कम्पनीले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro