एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Ghorahi cement

पछिल्लो समय जीवन तथा निर्जीवन बिमा कम्पनीले धमाधम सेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन् । यही क्रममा एनएलजी इन्स्योरेन्स पनि जोडिन आएको छ । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

 

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro