सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

19.7K
shares
Nabil bank

काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६।६५ प्रतिशत बोनस शेयर र ०।६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजीमा १० अर्ब ११ करोड ८८ लाख ९२ हजार८०८ रुपैयाँ कायम हुनेछ ।

साथै साधरण सभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए।टि।एम मार्फत् आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x