माैसम अपडेट : मंगलबारबाट पुनः हिमपातकाे सम्भावना

14.8K
shares
Nabil bank

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु कुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरिरहेकाे छ ।

सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी,गण्डकी तथा बागमती प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

civil hospital
Hams Hospitals