सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०७८ पुस १९ सोमवार
1.8K
shares
shares
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज मिति २०७८ पौष १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूले गर्नुभएको थियो ।
सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८५ प्रतिशत नगद लाभांश गरी १३.३६८५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई रु.२,४४,०२,८२,१००।– कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ५ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक शेयरधनी समुह “क” बाट श्री केशव प्रसाद भट्टराई, श्री हेमन्त नाहटा, श्री विशाल अग्रवाल तथा श्री विवेक झा निर्वाचित हुनु भएको छ भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट श्री कृति टिवडेवाल तथा श्री बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।
कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३४ शाखा सञ्जालमा रहेका ५९,७१७ अभिकर्ताहरु मार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८४,७१,३१८/– बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी रु.२९,१८,६७,३१०/– गरेको जनाएको छ ।





























