प्रभु बैंक लिमिटेडको २०औं बार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०७८ पुस १९ सोमवार
15.6K
shares
shares
काठमाडौँ । प्रभु बैंक लिमिटेडको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ ।
सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका प्रस्तावहरू पारित गरेको छ ।
बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ।व। २०७७/०७८ को एकीकृत वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको छ ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्नेरगाभिने, प्राप्ति ९एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने र सो सम्बन्धी समझदारीपत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि पारित गरेको छ ।
सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको बैंकको चुक्तापूँजी अब १२ अर्ब ७० करोड ८७ लाख चार हजार १७५ रुपैयाँ पुगेको छ ।
बैंकले हालसम्म देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालय विस्तार गरिसकेको छ । १६ लाखभन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले दाबी गरेको छ ।
Subscribe
0 Comments
Oldest































