सहकारीको व्याजदर बढाउने होइन् घटाउनु पर्छ – मन्त्री श्रेष्ठ

3.2K
shares

पुस २३। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ ।

साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो।

उहाँले संविधानमा व्यवस्था भएको तिनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताउनुभयो।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महशुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

समारोहमा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनु हुने केशव बडाललाई प्रदान गर्नु भयो ।

यसअघि, आजै नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो “सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढने र तर घट्दा नघटने प्रवृति नेपालमा छ, त्यसकारण सहकारीको व्याजदर बढाउने होइन, देखिएका अप्ठ्राहरु अर्को कुनै तरिकाबाट पुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि व्याजदर बढाउने नभई घटाउनु पर्छ”

सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उहाँको भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दापनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न आाग्रह समेत गर्नुभयो ।

civil hospital
Hams Hospitals