क्षेत्रीको १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

2.6K
shares

काठमाडौं । नव निर्वाचित बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज बीमक संघको २० औं बार्षिक साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष क्षेत्रीले सामूहिक नेतृत्वको अवधारणामा आपसी छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ तथा अध्यक्ष क्षेत्रीले सार्वजनिक गरेको प्रतिबद्धतामा बीमक संघको गरिमालाई अझै उच्च बनाउने, बीमा क्षेत्रलाई मर्यादित बनाउने, बीमा क्षेत्रमा हुने गरेका अमर्यादित कार्य रोक्ने, कोरोना बीमाको दावी भुक्तानीको लागि नेपाल सरकारसँग पहल गर्ने, नेपाल बीमक संघको आफ्नै भवन बनाउने, नेपाल बीमक संघको अध्यक्ष पद व्यक्तिगत फाइदाको लागि प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै उक्त प्रतिबद्धता बीमक संघमा आबद्ध भएका उपाध्यक्ष बीरेन्द्र वैदवार, महासचिव अशोक कुमार खड्का तथा कोषाध्यक्ष युगेश भक्त वादे श्रेष्ठ र अन्य पाँच जना सदस्यहरुको सामूहिक रुपमा व्यक्त गरेको संघले आज जनाएको छ ।

साथै आगामी दिनमा समेत सोही प्रतिबद्धता अघि बढ्ने सहमति भएको जनाइएको छ ।

 

civil hospital
Hams Hospitals