नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा उक्लियाे
वि.सं.२०७८ पुस २५ आइतवार
22.9K
shares
shares
काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा उक्लिएको छ । आज नेप्से २.७१ प्रतिशतले बढेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक १३.२१ बढेर ५१९.३७ बिन्दुमा पुगेको छ।
कुल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको हो।
आज १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली हुदाँ व्यापार समूहको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको हो ।
त्यस्तै नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले २९ करोडभन्दा बढी रुपैयाँको कारोबार गरेको छ ।
Subscribe
0 Comments
Oldest































