सिटिजन लाइफ इन्स्योरेन्सको एपमा अब थप सुविधासहित

1.8K
shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरी ल्याएको छ ।

इन्स्योरेन्सको अनुसार उक्त एप मार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी पनि लिन सकिने छ ।

 

 

यसका साथै ग्राहकले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सक्नेछन् । सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सकिनेछ ।

 

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा इसेवा, फोनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा मार्फत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाएको छ ।

 

एपमा लग ईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन् । यसका साथै अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।

civil hospital
Hams Hospitals