तपाई घर बनाउँदै हुनुहुन्छ ? यसरी हेर्नुस यी ९ वास्तु टिप्स

2.5K
shares

विश्वास गर्नेहरुले वास्तुशास्त्रलाई निकै माथिल्लो स्थानमा राखेका छन्। वास्त्रु शास्त्र परम्परागत विज्ञान नै भएको दाबी गरिन्छ ।

घर बनाउँदा वास्तुको साह्रै राम्रोसंग विचार पुर्याएर बनाउनेहरु धेरै छैन्। घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास छ।

वास्तु शास्त्र भन्छ-जब मानिस एउटा घरमा बस्न थाल्दछ त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्दछ । त्यसैले घर वास्तु शास्त्रलाई अनुशरण गरेर बनाउन जरुरी छ।

वास्त्रु शा्स्त्रमा सहि तरिकाले घर निर्माणले धन कमाउने उपायहरु पनि बताइएको छ।

टिप्स १- कुनै घर, बिल्डिङ वा कार्यालको दक्षिण पश्चिममा घरको सतह भन्दा तल पर्ने गरेर पानी ट्याङकी, स्विमिङ पुल वा पानीको संग्रह गर्ने कुनै चीज बनाउनु हुँदैन ।

टिप्स २– पैसा राख्ने, वाकस, दराज वा लकरलाई घरको दक्षिण वा दक्षिण पश्चिम भित्तामा राख्नु पर्छ ताकी उत्तर दिशा खाली फर्कियोस। उत्तर दिशा कुबेरको दिशा हो। यसरी पैसा राख्ने भाडो उत्तरतिर फर्काउदा पैसाको कमि नहुने विश्वास छ।

टिप्स ३– कुनै पनि हालतमा घरको दलिन मुनि पैसा राख्नु हुन्न। यसले परिवारका सदस्यमाथि आर्थिक दबाब बढाउँछ।

टिप्स ४– पैसा राख्ने बाकस, दराज वा लकरको अगाडी ऐना राख्नु फलदायी हुन्छ। यसले पैसालाई दोब्बर पार्ने सांकेतिक उत्प्रेरणा दिन्छ।

टिप्स ५ – घरको छानाको दक्षिण पश्चिमी भाग उत्तर पुर्वी भाग भन्दा उच्च हुनु पर्छ। अर्थात घरको छानो दक्षिण पश्चिम तिरबाट उत्तरपुर्वतिर ढल्किएको हुनु पर्छ।

टिप्स ६– घरको दक्षिणी र पश्चिमी भित्ता उत्तरी र पुर्वी भन्दा अग्लो र मोटो हुनु पर्छ।

टिप्स ७– घरको दक्षिण पश्चिम भागमा रुख रोप्नु पर्छ। यसले दुर्भाग्यबाट परिवार र व्यवसायलाई बचाउँछ ।

टिप्स८– पानी चुहिने पानीको धारालाई तत्कालै मर्मत गर्नु पर्छ। यसले धन क्षयीकरण गर्दछ।

टिप्स ९– घरको मुल ढोकालाई चिटिक्क पारेर सजाउनुलाई निकै शुभ मानिन्छ। घरभित्र बैजनीरंगको भाडोमा विरुवा राख्नुलाई पनि शुभ मानिन्छ ।

civil hospital
Hams Hospitals