दुधको उपभोक्ता मूल्य बढ्यो (मूल्य सहित)

15.3K
shares
Nabil bank

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ । डीडीसी दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य भोलि (शुक्रबार) देखि लागू हुनेछ । डीडीसीले वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य निर्धारण गरेको हो ।

यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । नयाँ मूल्य निर्धारण भएसँगै किसानले प्रतिलिटर ५६.०४ रुपैयाँ पाउनेछन् ।

मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । त्यसपश्चात डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x