हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्री विजय बहादुर शाह नियुक्त

Ghorahi cement

नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिले श्री विजय बहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । वहाँले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ।

श्री विजय बहादुर शाहले भन्नुभयो, “हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आउनुभएका श्री सुशील बज्राचार्यले ६.४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गर्नुभएको थियो । वहाँको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि श्री विजय शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध हुनुहुन्थ्यो । वहाँंले उक्त कम्पनीमा ५ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिनुभएको थियो ।

हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष श्री महेन्द्र कृष्ण श्रेष्ठले भन्नुभयो, “बीमा क्षेत्रमा वहाँको राम्रो अनुभव र बुझाई छ । वहाँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पुर्‍याउन वहाँको उल्लेखनीय योगदान रहनेछ ।

वहाँबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro