दुर्गमको ब्यथा झल्काउने “नुनको भारी”भिडियो सहित सार्वजनिक

31.5K
shares
Nabil bank

काठमाडौं । रेलको बाटो गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको नुनको भारी नामक भिडियोको  सार्बजनिक गरिएको छ। उक्त गीतमा पनि दुर्गमको बास्तबिकता चित्रण गरिएको सहज अनुमान गर्न सकिन्छ।

समिक्षा फिल्मको ब्यानरमा निर्माण भयको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भयको कम्पनीका अध्यक्ष अर्जुन डोटलले जानकारी दिएका छन्।

बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो माघ २७ गते  सार्बजनिक गरिएको छ। भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।

बिनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन्। अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका छन् भने रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न्।

civil hospital
Hams Hospitals